काठमाडौं । रौतहटको श्रीपूरमा हवाईफायर भएको छ ।
एसिड प्रहारबाट मृत्यु भएकी रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ बजार टोलकी १८ वर्षीया किशोरी सम्झना दासको शव जनाउने विषयलाई लिएर दुई समुहबीच झडप भएको हो ।
झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जन राउण्ड हवाईफायर र अश्रुग्यास प्रहार गरेको थियो भने अहिले स्थिती समान्य अवस्थामा छ ।
एसिड आक्रमणबाट गम्भिर घाइते भएकी सम्झनाको कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा आइतबार राति मृत्यु भएको थियो ।
अहिले गरुडा नगरपालिका वडा नं. ९ स्थित गाँज खोलामा सम्झनाको अन्येष्टि भइरहेको छ ।
गत भदौ २६ गते राति सुतिरहेको अवस्थामा जादोलाल दासकी दुई छोरीमाथि एसिड प्रहार भएको थियो ।
एसिड प्रहार गरेको आरोपमा छिमेकी ५० वर्षीय रामबाबु पासवानलाई यस अघिनै प्रहरीले पक्राउ गरिसकेका छन् ।
सम्झनाले आफ्नो प्रेम प्रस्ताव अस्विकार गरेको आरोपमा एसिड प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया