काठमडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकसित देशमा पनि बलात्कार र हत्याका घटना हुने गरेको बताएका छन् ।
संसदको राज्य व्यवस्था समितिको बुधवारको बैठकमा सांसदहरुले उठाएको प्रश्नमाथि जवाफ दिने क्रममा उनले सबै भन्दा लोकतान्त्रिक भन्ने अमेरिकामा पनि बलात्कार र हत्याका घटनाहरु बाहिर आइरहेको बताए ।
उनले सूचना प्रविधिमा आएको विकास र अत्याधिक मदिरा सेवन जस्ता कारणले पनि यस्ता घटना बढिरहेको बताए ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कार र हत्यामा संलग्न दोषी छिट्टै पक्राउ पर्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया