असोज १७ गतेदेखि अमेरिकी ई–डि.भी आवेदन खुल्ने

काठमाडौं । सन् २०२० का लागि अमेरिकी ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डि.भी) असोज १७ गतेबाट आवेदन खुल्ने भएको छ ।  

नेपालस्थित अमेरिकी दूताबासका अनुसार ई.डिभी मा सहभागी हुन शुल्क नलाग्ने भएको छ । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह समेत दिएको छ ।

सन् २०२० को डाइभर्सिटी भिसाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डि.भी) आवेदन फारम भर्नु पर्नेछ ।

आवेदन दर्ता गर्दा पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ ।

आवेदन दर्ता अवधि नेपाली समयअनुसार असोज १७ गते राति ९ः४५ बजेबाट शुरु हुने र कात्तिक राति १०ः४५ बजे बन्द हुनेछ ।

सन् २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नियम परिवर्तन भएको छ । 

जसअनुसार मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ ।

ई–डिभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । 

यही नम्बरका आधारमा डिभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?