पोखरामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलासा

पोखरा । पोखरामा सोमबार मृत भेटिएकी बालिकाको बलात्कारपछि हत्या भएको खुलासा भएको छ । 

पोखरा–२२ पुम्दीभुम्दीको कोदोकी १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि  हत्या भएको खुलेको वडा प्रहरी कार्यालय बैदामाका प्रमुख डीएसपी नवीन कार्कीले बताए । 

बलात्कार र हत्याको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

डीएसपी कार्कीका अनुसार पौडेलले सो अभियोग स्वीकार गरेका छन् । पक्राउ परेका अरुमाथि पनि आशंका रहेकाले अनुसन्धान भइरहेको जानकारी दिए । 

अनुसन्धानपछि थप कुरा बाहिर आउने डीएसपी कार्कीले बताए । 

सोमबार विद्यालयबाट घर फर्किए लगत्तै बिस्कुट किन्न पसल गएकी श्रीया त्यसपछि हराएकी थिइन् । 

मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?