काठमाडौं । मंगलबार साँझ लहानस्थित आफ्नै घरबाट अपहरणमा परेका भनिएका डा. सुवास यादव फेला परेका छन् ।
प्रहरीले उनको फोटोसहित राजमार्ग नै बन्द गरेर खोजतलास गर्ने क्रममा सर्लाहीको नवलपुरबाट मोटरसाइकलमा सवार रहेकै अवस्थामा राती अबेर सकुसल फेला पारेको हो ।
एसपी जीवन श्रेष्ठले उनलाई मोटरसाइकलमा सवार रहेकै अवस्थामा नवलपुरमा सकुसल फेला पारेको जानकारी दिए ।
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया