तलब नेपालले तोक्छ, खाडी मुलुकले तोक्दैनन्

यूएई- सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने अदक्ष कामदारको न्यूनतम तलब ११ सय दिराम (करिब ३४ हजार रुपैयाँ) तोकेको छ । तर, त्यहाँ पुगेपछि तोकिएअनुसारको रकम पाउने नेपाली बिरलै हुन्छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

नेपाली कामदारलाई ३ सय ४५ दिराम (१० हजार ६ सय रुपैयाँ) मात्रै तलब दिने कम्पनीसमेत रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । ठूला कम्पनीबाट समेत नेपाली कामदार शोषणमा परिरहेको दूतावासका श्रम सहचारी भेषराज कार्कीले बताए ।

नेपालीको प्रमुख रोजगारी गन्तव्य यूएईलगायत खाडीका ६ वटै देशले विदेशी कामदारको न्यूनतम तलब तोक्ने गरेका छैनन् । उनीहरू रोजगारी बढाउन श्रम बजार खुला छाडिएको दाबी गर्छन् । श्रम बजारलाई लचक बनाउने नीतिकै कारण हरेक वर्ष हजारौं रोजगारी सिर्जना भएको यूएईको मानव संसाधन मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?