निर्मला बलात्कारपछि हत्या प्रकरण: समितिले गृहमन्त्री थापालाई प्रतिवेदन बुझायो

काठमाडौं । भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा गठन भएको पाँच सदस्य छानबिन समितिले एक महिना लामो अनुसन्धानपछि मङ्गलबार प्रतिवेदन बुझाएको छ । 

समितिका संयोजक सह-सचिव हरि मैनाली सहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन् । 

१५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो।

समितले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही लापरबाही देखिएको छ, समितिका एक सदस्यले भने। प्रहरीले घटनाको मुख्य अभियुक्त बनाएका २४ वर्षीय दिलीपसिंह विष्टको डिएनए परीक्षण नमिलेपछि उनी रिहा भइसकेका छन्।

समितिले अहिलेसम्म गरेको छानबिनमा घटना के भएको थियोरु प्रहरीको अनुसन्धान कस्तो देखियोरु एसपी विष्टको नेतृत्वले गरेको अनुसन्धानमा के कमजोरी थियोरु थप अनुसन्धानको लागि सुझाव लगायत विषय  लगाएतका प्रतिवेदनमा पेश गरिएको हो । 

समितिको प्रारम्भीक अनुसन्धानको अनुसार नै गृहमन्त्रालयले तत्कालीन कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, डिएसपी अङ्गुर जिसी, ज्ञानबहादुर सेती लगायत ६ जना प्रहरीलाई निलम्बित गरेको थियो।

कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६२ दिन पुरा भएको छ । तर यतिका दिन सम्म पनि प्रहरीले हत्यारालाई पक्राउ गर्न भने सकेको छैन् । 
समितिका सदस्य वीरेन्द्र केसीले घटनाको अनुसन्धानमा  प्रहरी कमजोरी भएको बताएका छन् । 

केसीले यसअघि समितिको कामप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएर पुनः फर्किएका थिए ।

समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको निष्कर्षसमेत निकालेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?