निर्मला बलात्कारपछि हत्या प्रकरण: प्रहरीले लापरवाही गरेको निष्कर्ष, प्रतिवेदन गृहमन्त्रीलाई बुझाउने तयारी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६२ दिन पुरा भएको छ । तर यतिका दिन सम्म पनि प्रहरीले हत्यारालाई पक्राउ गर्न भने सकेको छैन् । 

निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनका लागि गृहका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गएको भदौ ७ गते उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको थियो । भदौ २५ मा १५ दिनका लागि समितिको म्याद थपिएको थियो । 

आज निर्मला पन्त हत्याकाण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई अध्ययन प्रतिवेदन बुझाउने भएको छ । 

समितिका सदस्य वीरेन्द्र केसीले घटनाको अनुसन्धानमा  प्रहरी कमजोरी भएको बताएका छन् । 

केसीले यसअघि समितिको कामप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएर पुनः फर्किएका थिए ।

समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको निष्कर्षसमेत निकालेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?