काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले सोमबार पत्रकार सम्मेलन गरी वैशाखमा भएको निर्वाचन गलत ढंगले गराएको आरोप लगाएका छन् ।
कुँवरले सो निर्वाचनमा आर्थिक अनियमितता भएको प्रमाणसहित एन्फालाई आरोप लगाएका हुन् । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतलाई निर्वाचन समितिलाई धम्की दिएको, मतदातालाई पैसा दिएको, मतदातालाई भारत भमण गराएको उनले आरोप लगाएका हुन् ।
यसैगरी चुनाव सकिएलगतै मतदातालाई युरोप भ्रमणमा लगेको, पैसाको बलमा न्यायलयमा प्रभावित पारेको र निर्वाचन दौरान मतदाता तथा अन्य सहयोगिलाई हवाइ टिकट बाँडेको उनले प्रस्ट पारे ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले आफुले यी सबै आरोपमा भएको प्रमाणसहित फिफा र एएफसीमा पठाइसकेको र त्यसको जवाफ कुरेको जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया