गंगामायाका छोरा नुरप्रसाद अधिकारी पक्राउ

काठमाडौं । गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरले ज्यान मुद्दामा अधिकारीलाई पक्राउ गरेको हो । प्रहरीले सात दिनका लागि जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको हो ।

आइतवार नुरप्रसादले त्यहाँका अधिकृतलाई लक्षित गरी आक्रमण गरेपछि पक्राउ गरिएको परिसरका एसपी शेखर खनालले जानकारी गराए ।

नुरप्रसादमाथि थप अनसन्धान भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?