पोखरा । पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोबार घर भई हाल काठमाडौंको गर्जुधार बस्ने २६ वर्षका विमल दोङ्ग (लामा) रहेको कास्की प्रहरीले जनाएको छ ।
उनले गत असोज ३ गते राती पोखराको बागमारास्थित ९ ओटा घरको ढोका फोरी चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।
पोखरा महानगरपालिका बिभिन्न स्थानमा भएका चोरी र चोरी गर्ने ब्यक्तिको खोजतलास, निग्रानी गर्दै कास्की प्रहरीले थालेको चोरी निष्तेज अभियानमा छुट्टै अनुसन्धान तथा चोरी नियन्त्रण टोलि गठन गरी चोरी गर्ने व्यक्तिको निग्रानी र सूचना संकलन लिई आवश्यक अनुसन्धान गर्दै आईरहेको थियो ।
अनुसन्धानका क्रममा लामाले उदयपुर वेलटार घर भई हाल ललिपुर बस्ने वर्ष ४५ का सागर राई पनि संलग्न रहेको बताए ।
राईको खोजी कार्य जारी रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै कास्की प्रहरीले नक्कली फेसबुक ‘आइडी’ चलाई ५ सय भन्दा बढी महिलालाई ठगि गेरेको आरोपमा बिर्ख बहादुर थापालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्ने थापाले नक्कली फेसबुकमार्फत आफू ब्रिटिश लाहुरे हुँ भन्दै विभिन्न प्रलोभन देखाई यौन शौषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले यौन शोषण गर्नुका साथै शौचालय जाँदा शौचालयको ढोका लगाई नगद तीन लाख ५० हजार र ४ तोला सुनका गरगहना समेत चोरी गरेको पीडित महिलाले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया