काठमाडौं । रोल्पामा आफैँले आफैँलाई गोली हानेर एक पुरुषले आत्महत्या गरेका छन् ।
रुन्टीगढी गाउँपालिका–६ डुब्रिङका ५१ वर्षीय कालो कामीले भरुवा बन्दुले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन् ।
उनले घरकै भरुवा बन्दुकले घाँटीमा गोली हानेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार घरमा कोही नभएको बेला सोमबार बिहान ८ः०० बजे उनले आफैँलाई गोली हानेका थिए ।
घरका छोराबुहारी घाँस काट्न गएको बेला चिउँडोमुनि घाँटीबाट गोली हानेका थिए । गोली उनको घाँटी छेडेर टाउकोबाट निस्किएको प्रहरी निरीक्षक पन्थीले बताए ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी घटना स्थल पुगेको थियो ।
उनकी पत्नी आइतबार छिमेकी जिल्ला दाङ गएकि थिइन् । दुई छोरा र एक बुहारी घाँस काट्न जंगल निस्किएको मौका छोपेर उनले घरमै रहेको बन्दुकले आफैँलाई हानेको पारिवारिक स्रोतले जनाएको छ ।
छोराहरु घरमा आउँदा बुबा रगताम्मे अवस्थामा लडिरहेको र छेउमा भरुवा बन्दु समेत फेला पारेको प्रहरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया