लोकसेवा माग्दै प्रदेश

प्रदेश सरकारहरूले यथाशीघ्र प्रदेश लोकसेवा आयोग गठनको कानुनी व्यवस्था गरिदिन केन्द्र सरकारसँग माग गरेका छन् । बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनमै समस्या हुँदा पनि केन्द्रले कर्मचारी नपठाएको भन्दै प्रदेशले लोकसेवा मागेको हो ।

संघ (केन्द्र) सरकारले सातवटै प्रदेश सरकारका लागि निजामती सेवाका २१ हजार ३ सय ९९ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । तर, प्रदेश सरकारहरूले त्यसको एक चौथाइ कर्मचारी पनि नपाएको गुनासो गरिरहेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?