काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपालस्थित भारतीय दूताबासले उनी आगामी नोभेम्बर अन्तिम साता नेपाल आउन लागेको जानकारी दिँदै सो क्रममा उनी लुम्बिनी जाने तय भएको छ । यसअघि नेपाल आउँदा उनले फेरि नेपाल आएर लुम्बिनी जाने बाचा गरेका थिए ।
अघिल्लो महिना नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनमा सहभागि हुन नेपाल आएका मोदी फेरि आगामी नोभेम्बरमा आउने तय भएको हो ।
‘भारतीय प्रधानमन्त्री मोदी आगामी नोभेम्बर अन्तिम साता फेरि नेपाल भ्रमणमा आउने तयारी गर्नु भएको छ। अहिले मिति फाइनल नभएपनि राजकीय हुने यो भ्रमण सम्भवतः नोभेम्बर २८ र २९ तारिखमा गर्नेगरी छलफल भइरहेको छ’ नेपालस्थित भारतीय दूतावासका एक उच्च अधिकारीले भने ।
मोदी भारतीय प्रधानमन्त्री बनेपछि यो उनको चौथो नेपाल भ्रमण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया