टीकापुर । सशस्त्र प्रहरीले कैलालीबाट ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
कैलालीको भजनी नगरपालिका–३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँसहित लम्कि चुहा नगरपालिका–१ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
जैसीले से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र लुकाएर भारतीय रुपैयाँ ल्याउँदै गर्दा पक्राउ परेका डीएसपी हरि ओलीले बताए ।
उनले बरामद भएको रकम इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको डीएसपी ओलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया