धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्रीलाई नेता नेपालको सुझाव

टेक्सास । पूर्व प्रधानमन्त्री तथा ने.क.पाका. वरिष्ठ नेता माधव कुमार नेपालले धेरै सुन्न र थोरै बोल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । कार्यक्रम यु स्टाट अगेनसँग कुरा गर्दै  पूर्व प्रधानमन्त्री नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए । 

सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको बताउँदै नेपालले नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सन्चालनका लागि पर्याप्त छलफलको अभाव भएको समेत बताएक छन् ।  सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको बताउँदै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने विश्वास दिएका छन् ।  

दुई पार्टि बीचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउँदै नेता नेपालले एकता कमजोर नहुने बताए । आफु ७० वर्ष पुग्ने समयसम्म सकृय राजनीति गर्ने नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?