शम्भू माली / कपिलवस्तु । मुस्लिम समुदायमा मनाइने ‘तहजिया झाँकी’ शुक्रवार बिसर्जन गरेका छन् ।
तहजिया झाँकीलाई मुस्लिम समुदायले नदी र तालतलैयामा बिसर्जन गरेका हुन् ।
मुस्लिम समुदायले शोक पर्वका रुपमा मनाउने मोर्हरम पर्व कपिलवस्तुका मुस्लिमहरुले मनाउँदै आएका छन् ।
ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका छोरी पट्टीका नाती हजरत हुसेन र उनका परिवारलाई ईराकको कुफा र बसरा शहर बीचको करवलामा हत्या गरिएको दिनको स्मरण गर्दै मुस्लिम समुदायले मोर्हरमलाई शोक पर्वको रुपमा मनाउने गर्दछन् ।
मोर्हरमका अवसरमा सदरमुकाम तौलिहवालगायत कृष्णनगर, चन्द्रौटा, पकडी र सिहोखोरका स्थानमा पनि मुस्लिम समुदायले पनि सो पर्व मनाए ।
बाँस र काजगबाट निर्माण गरिएको ताहजिया बाबा स्थापना गरी ताहजिया मनाउने गरिन्छ । ताहजिया बाबालाई नजिकका आफ्ना करवलाहरुमा बाजासहित बिसर्जन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया