रुकुम । रुकुममा जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रुकुम भुमे गाउँपालिका–२ लोम्मा बस्ने ३६ वर्षीय फर्क मान पुनलाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
जंगलमा गाईवस्तु चराउन गएको अवस्थामा २५ वर्षीया महिलालाई भदौ ५ गते पनुले जवरजस्ती करणी गरेको भनी पीडित महिलाले बिहीवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले पुनलाई पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया