काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध ढंगले सुन भित्र्याउन सुन तस्करहरुले नयाँ उपाय अपनाउन थालेका छन् । विशेष गरी खाडी मुलुक र बैंककबाट नेपाल फर्किनेहरुले यस्तो उपाय अपनाउन थालेका हुन् ।
महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गणले बुधवार राति सातसय १६ ग्राम अवैध सुन सहित सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु खाडी र बैंककबाट नेपाल आएको बताइएको छ ।
नेपाल एयरलायन्समार्फत बैंककबाट काठमाडौं आउदै गरेका सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्वर ५ घर भएको २९ वर्षीय मनोजकुमार तामाङ सहित सातजना पक्राउ परेका हुन् । उक्त सुन तामाडको साथबाट बरामद भएको हो ।
विमानस्थलको सुरक्षा चेकजाँच कक्ष पार गरि ट्याक्सी पार्किड एरियामा पुगेका तामाङको टोलीले अवैध रुपमा बोकेर ल्याएको सुन बिक्रीका लागि मोलमोलाई गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेको हो ।
यो समूहले सुनका स–साना ढिक्का खल्तीमा राखेर ल्याउने र फोन मार्फत सम्पर्कमा आएका एजेण्टहरु मार्फत बिक्री गर्ने गरेको पाइएको छ । यसरी व्यक्तिगत प्रयोगका लागि स–सानाको परिणामको सुन बोकेर ल्याउन कानूनी रुपमा छुट भएपनि एकैसाथ सात जनाले सात ढिक्का ल्याउदा भन्सार छलि गरेको अभियोग प्रहरीको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया