निर्मलाको विषयमा आवाज उठाउँदा प्रधानमन्त्रीले अरिङ्गाल भन्नु कति जायज हो?: डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले जनताले निर्मला पन्तका बारेमा आवाज उठाउँदा प्रधानमन्त्री केपी ओलीले अरिंगालझैँ झम्टिन भन्दै दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएकी छिन् । आज बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रम ओलीलाई यस्तो आरोप लगाएकी हुन् ।

देशमा भ्रष्ट्राचार विगतमा भन्दा धेरै भइरहेको, महंगी बढेको तर प्रम ओलीले कारवाही गर्नुको साटो ‘भ्रष्ट्राचार कहाँ भएको छ?’ भन्दै भाषण दिएको उनले आरोप लगाइन् ।

‘३३ किलो सुनकाण्ड, वाइड बोडी खरिद पक्रियामा अर्बौंको भ्रष्ट्राचार भएको छ, तर प्रधानमन्धी ज्यूले भ्रष्ट्राचार कहाँ भएको छ भन्दै हिँड्नुहुन्छ,’ उनले भनिन्, ‘भ्रष्ट्राचार सिंहदरबारको कुर्सीमा छ ।’

साथै उनले प्रधानमन्त्रीले जनताका समस्या नसुनेर भाषणमा मात्र समय बिताएको आरोप समेत लगाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?