हेटौँडा । गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिता ऐनमा सवारी चालकहरुका लागि ल्याएको प्रावधानको विरोध गर्दै चाकलहरुले आन्दोलित भएका छन् ।
चालकहरुले सवारीसाधान सञ्चालन अवरोध गर्दै आन्दोलित भएका हुन् ।
सवारी चालकहरुको आन्दोलनका कारण मकवानपुरमा पर्ने पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथमा सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् । उनीहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको नवलपुर र त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिकाको शिखरकोटमा सवारी सञ्चालन गर्न दिएका छैनन् ।
शिखरकोटमा सडकमा चालकहरुले ढुंगा राखेर टायर बालेर यातायात सञ्चालनमा अवरोध पुर्याएका छन् ।
सरकारले आफूहरुलाई अपराधी सरह जेल हाल्ने कानुन आएकाले आन्दोलनमा उत्रनु परेको चालकहरु बताउँछन् ।
हेटौँडामा यातायात अवरोध गर्ने एकजनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
राजमार्ग अवरुद्ध गर्नेलाई नियन्त्रणमा दिइ राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले भने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया