युवराज पंगाली । सल्यान । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आफ्नो एक महिनाको तलब असाय सुनितालाई दिने बताएका छन् ।
गत भदौ १२ गते राती बागचौर नगरपालिका वडा नं. ४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका ५ जनाको मृत्यु भई बेसाहारा बनेकी सल्यान बागचौर नगरपालिका ४ सेतोगुराँसकी ८ वर्षिया सुनिता विकलाई उक्त रकम दिने मन्त्री ज्वालाले बताएका हुन् ।
घटनामा सुनिताका ४० वर्षीय बुवा रामसिंह कामी, ३५ वर्षीया आमा रामकला कामी, ७ वर्षिय बहिनी गगां विक, ६ वर्षीय प्रमिला विक र ४ वर्षीय भाई रुपलाल विकको मृत्यु भएको थियो ।
सोमबार मन्त्री ज्वला सहित सुर्खेतदेखि सल्यान गएको टोलीले सुनितालाई सुर्खेत ल्याएको छन् । मन्त्री ज्वालाको पहलमा उनलाई सुर्खेत ल्याईएको हो ।
२०६४ सालमा स्थापना भएको कोपिला भ्याली सेवा समाज सुर्खेतद्वारा सञ्चालित कोपिला भ्याली स्कुलमा खाने, बस्ने, पढ्ने सबै निःशुल्क रुपमा व्यवस्था गरिएको छ ।
उनलाई १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्थाका साथै १८ वर्षसम्म उनलाई सबै कुरा निःशुल्क गरेर राखिने समाजका अध्यक्ष टोपबहादुर मल्लले बताए । असाय, आमाबुवा गुमाएका टुहुरा बालबालिकाहरुलाई निःशुल्क रुपमा पढाउनको लागि कोपिला भ्याली सेवा समाज खोलिएको बताउँदै उनले अहिले ४ सय बढी बालबालिकाहरुले पढिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया