नापी कार्यालय बुढानीलकण्ठका सर्वेक्षक घुस रकम सहित नियन्त्रणमा

नापी कार्यालय बुढानीलकण्ठ, काठमाडौंकाका सर्वेक्षक सुरेन्द्रसिंह कुँवरलाई अख्तियारले घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले कुँवरलाई बुढानीलकण्ठ नगरपालिका वडा नं ७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट नियन्त्रणमा लिएको हो ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस (रिसवत) माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा कुँवरमाथि अनुसन्धान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?