देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागे !

बुटवल–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको दाबी गरेका छन् ।

प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले  कञ्चनपुरको निर्मला हत्याकाण्डलाई मुद्दा बनाएर देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको आरोप लगाए ।

उनले दुई तिहाइ अवस्थामा रहेको सरकारले अझै पनि सुशासन दिन सक्षम हुनुपर्नेमा जोड दिँदै महँगी नियन्त्रण, भ्रष्टाचारीलाई कारवाही र सुशासन आम नेपाली नागरिकले चाहेको बताए ।

अध्यक्ष केसीले एकात्मक प्रणालीभित्र पनि प्रदेश हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रदेशको खर्च स्थानीय तहलाई दिएर बलियो बनाउन सकिने सुुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?