ओखलढुंगा । काठमाडौंबाट ओखलढुंगातर्फ आउँदै गरेको जीप उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
एवान सिटीभिलेज यातायातको ना१ज ७९६९ नम्बरको जीप उदयपुरको कटारी नगरपालिका– १४ घुर्मी बजार नजिक बादुरामा दुर्घटना भएको हो ।
घुर्मीका ट्राफिक प्रहरीका इन्चार्ज रामकुमार शाहका अनुसार दुर्घटनामा विदेशी महिला नागरिक हुलेस सेभेलको मृत्यु भएको छ ।
उनी कुन देशकी नागरिक हुन् भन्ने खल्न नसकेको प्रहरीका इन्चार्ज शाहले बताए ।
दुर्घटनामा चालक र एक विदेशी नागरिकसहित ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि राजधानी पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया