काठमाडाैं : भारतीय सेनाध्यक्ष विपिन रावतले नेपाल र भुटानको सार्वभामिकतामा अाँच अाउनेगरि अापत्तिजनक अभिव्यक्ति दिएका छन् ।
प्राविधिक र अार्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) मुलुकबीच भएको शैन्य अभ्यासलार्इ समापन गर्ने क्रममा रावतले 'नेपाल र भारतलार्इ भुटानसँग नझुकि सुखै नभएको' अभिव्यक्ति दिएका हुन् ।
काठमाडाैंमा भएको बिम्सटेकको चाैथो शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्सटेक शैन्य अभ्यासको प्रस्ताव राखेका थिए । प्रधानमन्त्री अोली र रक्षामन्त्री र्इश्वर पोखरेलले सम्मेलनमै सो अभ्यासमा सहभागी हुने निर्णय गरेपनि चाैतर्फी दबाब भएपछि सरकारले सेनालार्इ शैन्य अभ्यासमा जान रोकेको थियो । नेपालको निर्णयसँगै थार्इल्याण्ड पनि सो शैन्य अभ्यासमा सहभागी नभएपछि भारत नेपालसँग चिढिएको छ ।
भारतीय सेनापति रावतले सोही बिम्सटेक शैन्य अभ्यासपछि भएको पत्रकार सम्मेलनमा नेपालले अाफुलार्इ भारतबाट अलग गर्न नसक्ने बताएका हुन् । बिम्सटेक शैन्य अभ्यासमा नेपालको अनुपस्थिति र चीनसँग नजिकिँदो सम्बन्धबारे सोधिएको प्रश्नमा रावतले भाैगाेलिक बनावटका कारण पनि नेपाल र भुटानले स्वाभाविक रूपमा भारतप्रति झुकाव राख्नुपर्ने जिकिर गरेका छन् ।
ठूलो देश भएका नाताले बिम्सटेक शैन्य अभ्यासको पहल भारतले लिएको बताउँदै रावतले यसलार्इ अन्य देशले अनुशरण गर्ने बताएका हुन् । बिम्सटेक शैन्य अभ्यासमा भुटान, म्यानमार, श्रीलंका, बंगलादेश र भारतका सेना सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया