काठमाडौँ – संघीय संसद्ले मौलिक हकसम्बन्धी १५ वटा विधेयक हतार–हतारमा पारित गरेको छ । समयसीमा नजिँकिँदै जाँदा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हतार–हतारमा ती विधेयकहरू पारित भएका हुन् । संसद्मा मौलिक हकसम्बन्धी १७ वटा विधेयक प्रस्तुत भएका थिए । २ वटा पछि पारित गर्ने बताइएको छ ।
यी विधेयकहरू पारित गर्नका लागि एकैदिन धेरैपटक बैठक राखिएको थियो । संघीय संसद्ले उक्त विधेयकहरू प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ । स्मरणीय छ, संविधानको धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
पारित भएका विधेयक
१.वैयक्तिक गोपनियता
२.जातिय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) पहिलो संशोधन
३.सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार
४. जनस्वास्थ्य
५.रोजगारीको हक
६.उपभोक्ता संरक्षण
७. खाद्य अधिकार
८.आवासको अधिकार
९.भूमिसम्बन्धी सातौँ संशोधन
१०.सामाजिक सुरक्षा सम्बन्धी
११. अनिवार्य तथा निशुल्क शिक्षा
१२. अपराध पीडित संरक्षण
१३.बालबालिका
१४. वातावरण संरक्षण (पहिलो संशोधन)
१५. अपांगता भएका व्यक्तिको अधिकार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया