काठमाडौं–प्रहरी प्रधान कार्यालयले डीआइजीको नेतृत्वमा गठन गरेको कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त वलात्कार–हत्या प्रकरणमा एसपी सहित ६ जना प्रहरी अधिकृतसँग पोलिग्राफ बयान लिने भएको छ । कारोबार दैनिकले खबर छापेको छ।
प्रहरी नायव महानिरीक्षक (डीआइजी) धिरु बस्न्यातको संयोजकत्वमा गठन भएको समितिले अनुसन्धानमा लापरवाही गरेको अभियोगमा निलम्वनमा परेका ६ जना प्रहरी अधिकृतसँग पोलिग्राफ मेसिनबाट समेत बयान लिन लागेको हो ।
निर्मला पन्तको वलात्कार र त्यसपछि भएको हत्याका बेला कञ्चनपुर प्रहरी प्रमुख रहेका निलम्वित एसपी डिल्लीराज विष्ट, अनुसन्धान अधिकृत डीएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएका अर्का अनुसन्धान अधिकृत डीएसपी अंगुर जीसी तथा अनुसन्धानमा संलग्न इन्स्पेक्टरद्धय जगदीश भट्ट र एकेन्द्र खड्का तथा असई रामसिंह धामीसँग प्रहरी मूख्यालयले पोलिग्राफबाट बयान लिने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया