अख्तियारले घुससहित प्रहरी समात्यो, कोटेश्वर र काँडाघारीका इन्चार्ज फेरिए

काठमाडौं । काठमाडौंको कोटेश्वर र काँडाघारी प्रहरीका प्रभावका ९ जना प्रहरी पक्राउ परेपछि कोटेश्वर र काँडाघारीका इन्चार्ज फेरबदल भएको छ ।

बालुवा तस्करसँग घुस लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एकैपटक ९ जनालाई पक्राउ गरेपछि इन्चार्ज फेरिएको हो ।

बालुवा व्यवसायीसँग घुस लिइरहेका बेला अख्तियारको टोलीले प्रक्राउ गरेको थियो । महानगरीय प्रहरी कार्यालयले कोटेश्वर र प्रहरी प्रभाग काँडाघारीका इन्चार्जलाई फिर्ता बोलाएर नयाँ इन्चार्ज पठाएको जनाएको हो ।

डिआइजी मनोज न्यौपानेका अनुसार शनिवार प्रक्राउ परेका प्रहरी र अन्य प्रहरीबारे सोधपुछ भइरहेको छ ।

फेरबदलसँगै कोटेश्वर प्रहरी प्रभागको नेतृत्व प्रहरी निरीक्षक एलिजा गिरीलाई दिइएको छ भने काँडाघारी प्रभागको नेतृत्व इन्स्पेक्टर सुधीर राईलाई दिइएको छ ।

असई सुवास ढुंगाना, हवल्दार दीपक भारती, असई गोपाल श्रेष्ठट, हवल्दार उमेश यादव, अमन चौधरी, जवान दीपेन्द्र कुँवर, मुकेश पटेल, मानसिंह रोका र रत्न सिजाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?