बलात्कारविरुद्ध जाग्यो देश, गृहमन्त्री बादलको राजीनामा माग

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि शनिबार देशभर प्रदर्शन भएको छ ।
पन्तको हत्या भएको ५२ दिन बित्दा समेत राज्यले दोषी पत्ता लगाउन तत्परता नदेखाउँदा शनिबार देशैभर हजारौं संख्यामा विरोध प्रदर्शन भएको हो । काठमाडौंको माइतीघरसहित देशका विभिन्न भागमा स्वतःस्फूर्त सयौं संख्यामा निस्किएको विरोध प्रदर्शनमा निर्मलाका वास्तविक हत्यारा पहिचान गरी कारबाही गर्न माग गरिएको छ ।
विरोध ¥यालीका सहभागीहरूले सरकार मौन बसेको भन्दै चर्को रूपमा न्यायको माग गरेका छन् । ¥यालीका सहभागीले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरे । राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?