काठमाडौं– तपस्वी रामबहादु्र बम्जनमाथि बलात्कारको एक गम्भीर अभियोग लागेको छ । बाराको जंगलमा तपस्या गरेर चर्चामा आएका बम्जनले आफूलाई पटक पटक बलात्कार गरेको एक महिलाले शनिबार अपरान्ह ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बताइन् ।
बम्जनले २ वर्ष पहिले आफूलाई पटक पटक बलात्कार गरेका भएपनि त्यतिबेला धम्कीका कारण प्रहरीमा उजुरी गर्न नसकेको बताइन् । त्यतिबेला आफूलाई बम्जनको श्रीमतीले अनेकन धम्की दिएको रपनि उनको दाबी थियो ।
तर अहिले न्याय पाउनुपर्छ भनेर अधिकारकर्मीमार्फत काठमाडौं आएको बताइन् । बलात्कृत उनी दुई वर्ष पहिलो बम्जनकहाँ आनी बन्न पुगेकी थिइन् ।
उनले बलात्कारपछि आफू बम्जनको आश्रम छाडेर हिँडेको पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया