काठमाडौं । निर्मला हत्या घटनामा संलग्न अपराधिलाई पक्राउको माग गर्दै शनिबार दिउँसो नयाँ बानेश्वरको चोकमा विशाल प्रदर्शन गरिएको छ ।
बालिका निर्मला पन्तको न्यायको माग गर्दै राजधानीका हजारौं सर्वसाधारण प्रदर्शनीमा सहभागी भएका थिए । बालिका निर्मलाको बलात्कारपछि हत्या भएको ५२ दिन बितिसक्दा पनि प्रहरीले अपराधिलाई पक्राउ गर्न नसकेको विरोधमा सर्वसाधारण प्रर्दशनमा उत्रिएका हुन् ।

गत साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा १३ वर्षीय बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो ।
विरोध प्रदर्शनमा सर्वसाधारणको बाक्लो भीड थियो । नयाँ बानेश्वर चोकमा कोणसभाको आयोजना गरि निर्मलाको न्यायका लागि आवाज उठाउनेहरुमा युवाहरुको उपस्थिति बाक्लो थियो । उनीहरुले निर्मलाको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्न सरकार असक्षम भएको भन्दै सरकारलाई दवाव दिन विरोध प्रदर्शन आयोजना गरिएको बताएका छन् ।

सोही प्रदर्शनमा निर्मला पन्तका बुबा–आमाको पनि उपस्थिति रहेको थियो । उनीहरुले निर्मलाको न्यायको लागि अपिल गर्दागर्दै शव्दको कमि भएको दुखेसो गरे । निकै भावुक देखिएका निर्मलाका बुबा–आमाका आँखामा आँशु बगेको देखिन्थ्यो ।

प्रदर्शनमा सहभागीहरुले निर्मलाको न्यायको माग लागि प्लेकार्ड प्रदर्शन तथा नारा लगाइँदै भनेका छन्– ‘निर्मलालाई न्याय देऊ, ऊ हाम्री बहिनी हो ।’
‘निर्मलाको निम्ति न्याय’ नाम दिएको उक्त विशाल प्रर्दशनमा हजारौको संख्यामा रहेका सर्वसाधारणको एउटै आवाज थियो निर्मलाको लागि न्याय ।

प्रदर्शनमा सहभागी प्रत्येक ब्यक्तिको अनुहारमा छुटै पिडा देखिन्थ्यो । निर्मला र निर्मला जस्तै छोरी चेलीको बालात्कार र हत्या घटनाले पुरै देश शोकमा डुबेको छ । सारा नेपालीहरुलाई स्तब्ध बनाएको छ ।

सबैको एउटै इच्छा छ , निर्मलाको हत्याराको पहिचान गरि कडा कारर्वाह गर्नुपर्छ । शक्ति र सत्तामा भएका, सामाजिक हैसियतको दुरुपयोग गरेर प्रहरी प्रशासनले समेत आफ्नो इच्छा अनुसार अनुसन्धानलाई प्रभावित गरेर बलात्कारमा संलग्न अपराधिलाई कानूनी कारबाहीबाट उम्काउने गरेको आरोप उनीहरुको छ ।
माइतीघरदेखि नयाँ बानेश्वर सम्मको प्रर्दशनमा थुप्रै नाराहरु लगाइएका थिए ।
एउटा समूहले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गर्दै थिए भने आर्को समूहको प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश निकालाको माग थियो ।

दिउँसोे चर्को घाममा पनि निर्मलाको न्यायका लागि बालबालिका, युवा र बृद्धा गरि सबै उमेर समूहका सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

निर्मलालाई कुनै पनि मूल्यमा न्याय हुनुपर्छ भन्ने माग सहभागीहरुको छ ।
प्रदर्शनमा साहित्यकार, लेखक, पत्रकार र कलाकारहरुको पनि सहभागिता रहेको थियो ।





भिडियोः
फोटोः अनिल थापा
भिडियोः सरोज घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया