सुर्खेतमा यात्रुवाहक बस एक आपसमा ठोकियो, १३ घाइते, पाँचको अवस्था गम्भीर

सुर्खेत । सुर्खेतको सुब्बाकुनाको ठूलो बिउरेनी भन्ने स्थानमा दुई यात्रुवाहक बस एक आपसमा ठोकिएको छ भने १३ जना घाइते भएका छन् ।

शनिबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ७०२४ नम्बरको बस र नेपालगन्जबाट  सुर्खेत आउँदै गरेको बा३ ख ६२१२ नम्बरको बस एक आपसमा ठोकिएको हो ।  

घाइते १३ मध्ये पाँचको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको वीरेन्द्रनगर स्थित माया नर्सिङ होममा उपचार भइहरको प्रहरीले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?