काठमाडौं –– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका बाबुआमाले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर सोधे, ‘अपराधी कहिले पत्ता लाग्छ हजुर ?’
जवाफमा थापाले आफू यसबारे संवेदनशील रहेको र केही दिनमै सत्यतथ्य खुल्ने गरी अनुसन्धान अघि बढेको भन्दै धैर्य गर्न आग्रह गरे ।
निर्मलाकी आमा दुर्गादेवी, बुबा यज्ञराज, उनीहरूसँगै आएका कञ्चनपुरका ९ महिला अधिकारकर्मी र काठमाडौंका केही मानव अधिकारकर्मीले मन्त्री थापा, राष्ट्रिय अनुसन्धान, नेपाल प्रहरी र सशस्त्र गरी तीनै सुरक्षा निकायका प्रमुखलगायतलाई शुक्रबार अपराह्न सिंहदरबारमा भेटका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया