काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नगद तथा सुन चाँदी चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरीय प्रहरी वृत्तबाट खटेको विशेष टोलीले खिचापोखरीमा रहेको क्यापिटल बचत तथा ऋण सहकारी संस्था र अमूल्य राजभण्डारीको कस्मेटीक पसलबाट नगद तथा सुनचाँदी चोरी गरेको आरोपमा रामेछाप घर भई हाल कुलेश्व बस्ने ३२ वर्षका होम बहादुर थापा मगरलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले मगरलाई चोरी गर्न सहयोग गरेको भन्दै रामेछाप घर भई हाल कुलेश्वर बस्ने ३१ वर्षका होम बहादुर श्रेष्ठ र निजले चोरीमा प्रयोग गरेको बा १ ज ५६०२ नं.को ट्याक्सीसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त काठमाडौंले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया