एकता टुंगो नलाग्दै सकियो नेकपा बैठक

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टीको तल्ला कमिटीको एकता टुंगो नलगाउँदै सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा दुई दिन देखी जारी बैठक एकताको टुंगो नलाग्दै बिहिबार सम्पन्न भएको छ । राजधानी दैनिकमा  खबर छापिएकाे छ ।
बैठकमा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेताहरुले पार्टी एकतामा एकलौटी गर्न खोजिए पछि मापदण्ड निर्माण गरेर टुंगो लगाउँने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देखिएको बिबाद समाधान गर्दै मापदण्ड बनाउँने जिम्मेवारी पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिईएको बताए । दुबै नेताले मापदण्ड निर्माण गर्ने र अन्तिम टुंगो अगामी स्थायी कमिटी बैठकमा छलफल गरिने बताईएको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा गत ३ जेठमा एकिकरण भए पनि तल्ला कमिटीका साथै जनवर्गीय संगठनहरुको एकता अझै हुन सकेको छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?