कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गरिरहेका प्रहरीले कञ्चनपुरका निलम्बित एसपी डिल्ली विष्टको डीएनए परीक्षण गरिने भएको छ । परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले विष्टको नमुना संकलन गरी प्रहरीलाई बुझाएका छन् ।
यसअघि नै प्रहरीले घटनामाथि हेलचेक्रयाइँ गरेको भन्दै विष्टलाई निलम्बन गरिसकेको छ ।
यसअघि कञ्चनपरकै दिलिपसिंह विष्टलाई बलात्कारपछि हत्या गरेको र उनले स्वीकार गरेको भन्दै प्रहरीले सार्वजनिक गरेको थियो । पक्राउ परेका दिलिपसिंहको डीएनए नमिलेपछि उनलाई २ दिनअघि अदालतले छाड्ने आदेश दिएको थियो ।
प्रहरीका अनुसार निलम्बित एसपी विष्टसँगै भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयु र विष्टका छोरा किरणको पनि डीएनए परीक्षण गर्ने तयारी थालिएको छ ।
दिलिपसिंह रिहा भएको दुई दिनपछि निलम्बित विष्टको डीएनए परीक्षण गर्न लागिएको प्रहरीले जनाएको छ । निर्मलाका परिवारले डिल्ली विष्ट र निर्मलाका साथी रोशनी बममाथि छानबिन गरिनुपर्ने माग गरिरहेका छन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ५० दिन पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया