काठमाडौं । दुर्लभ वन्यजन्तु चितुवाको छाला, हड्डी तथा बाघको छाला, हड्डी बिक्री गर्न हिडेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको जमल, बौद्ध र आरुवारीबाट उनीहरुलाई बाघ र चितुवाको छाला तथा हड्डी सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका–५ का २० वर्षीय सागर भन्ने दिलकुमार श्रेष्ठ, मनमैंजु बस्ने सोही ठाउँका ३७ वर्षीय लिलाबहादुर श्रेष्ठ र गौरीघाट बस्ने सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका–९ का ३१ वर्षीय रमेश बोहरा रहेका छन् ।
त्यस्तैं, काठमाठौं महानगरपालिका–२६ जमलबाट चितुवाको छाला २ थान र हड्डी डेड किलो सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सो घटनामा संलग्न गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी बस्ने सर्लाही घर भएका २२ वर्षीय सुजन वाईबालाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया