दर खाएर नाच्दानाच्दै मृत्यु

हेटौँडा- तिजको दर खाएर नाच्दै गर्दा हेटौँडा–११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममा रमाइलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए । अचेत भएको केहीबेरमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिवाकोटी बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए । हेटौँडा अस्पतालमा पोस्टमार्टमपछि आफन्तले शव लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?