म्याग्दी । भिषण वर्षापछि म्याग्दी खोला र राघुगंगामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
धौलागिरी हिमालफेदी क्षेत्रमा परेको वर्षापछि म्याग्दी र राघुगंगामा पानीको सतह बढेको हो । स्थानीयका अनुसार पानीको सतह डरलाग्ने गरी बढिरहेको छ ।
म्याग्दीभन्दा माथिका धौलागिरी गाउँपालिका–४ मुदीको माथिल्लो भेग र रघुगंगा गाउँपालिकाको कुइनेमंगल क्षेत्रमा भिषण पानी परेपछि एक्कासी बाढी आएको हो ।
बाढीले केही नोक्सान समेत गरेको बताइएको छ । पुष्टि नभए पनि रघुगंगा गाउँपालिकाको मंगले क्षेत्रमा बाढीले स्कूलसमेत बगाएको खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया