कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल

काठमाडौं–कतारले निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याए पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ ।

कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याइने गरिएको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई कामदारको लागि कतार सरकारले यो रकम उपलब्ध गराउँछ ।

तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट कामदार ल्याउँदा ज्याला घटेर ६ रियाल पुग्ने गरेको छ ।

कतारले सुरक्षाकर्मीका लागि १२ हजार रियाल झन्डै ३ लाख ८४ हजार रुपैयाँ सम्म भुक्तानी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?