चितवन । सोमवार राति १ बजे एक्कासी पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड झण्डै १८ घण्टापछि खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार सडक खण्ड एकतर्फी रुपमा खुलेको हो ।
पहिरोले बाटो अवरुद्ध बनेको सडकलाई दिनभरि पनि पहिरो पन्छाउने कार्य भएको थियो ।
सडकमा बाह्र घण्टादेखि यात्रु अलपत्र परेका छन् । अहिले पनि जामको प्रभाव उत्तिकै छ भने वारपार गर्ने गाडीलाई पालैपालो पास गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया