काठमाडौं । हिन्दू नारीहरुको माहान चार्ड हरितालिका तीज बुधबार धुमधामका साथ मनाइँदै छ ।
हिन्दू नारीहरुले मनाउने तीज विशेष गरि भगवान शिवको आराधाना गरेर मनाउँदै छन् ।
सो दिन उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त हुने भएकोले ट्राफिक व्यवस्थापनको लागि पशुपति आसपासका क्षेत्रमा वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिकले आग्रह गरेको छ ।
बुधबार तीनकुनेबाट गौशालातर्फ र गोपिकृष्णबाट चावहिलतर्फ आउने सार्वजनिक यातायातमा रोक लगाइएको छ । त्यस्तै नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करहरुलाई पनि उक्त दिन त्यसक्षेत्रमा आउन रोक लगाइएको छ ।
यात्रुबाहक सवारी साधनले प्रयोग गर्नुपर्ने वैकल्पिक बाटो
नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्ने सवारी साधनहरुलाई पुरानो बसपार्क, भद्रकाली, माईतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोहि मार्ग भएर फर्कने व्यवस्था मिलाइएको छ ।
रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारी साधनहरु पूरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोहि बाटो फिर्ता हुने व्यवस्था गरिएको छ ।
यसैगरी कलंकी, हलचोक, बालाजु, महाराजगञ्ज भएर चल्ने बस मिनिबस, माईक्रो बसहरु सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोहि बाटो भएर फर्कनु पर्ने छ ।
रातोपुल, गौशाला भएर चावहिल तर्फ जाने माईक्रोबस र टेम्पोहरुलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटीतर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म तोकिएको छ भने शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माईक्रोबस तथा टेम्पोहरु पुरानो बानेश्वर बाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कनुपर्ने छ ।
पार्किङ्ग व्यवस्थापन
त्यस्तै तीजलाई मध्यजनरमा राख्दै तथा ट्राफिक व्यवस्थापन गर्नका लागि छुट्टै पार्किङ्ग व्यवस्थापन गरिएको छ ।
पशुपति आसपासका तिर्थालु र विदेशी पर्यटकले तिलगांमा, सवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधन भएकाहरुले गौशाला प्रभागमा, पासवाला सवारी साधन भएकाले कोषको कार्यालयमा र पासवाला सवारी साधन÷भारतीय दर्शनार्थीको सवारी साधनका अमालकोटका साथै स्वदेशी तथा विदेशी दर्शनार्थी एवं तिर्थयात्रीका सवारी साधनको लागि सिफलचौरमा पार्किङ्ग व्यवस्थापन मिलाइएको ट्राफिक प्रहरीले जारी विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया