बाग्लुङ । पर्यटकीय सम्भावना बोकेको बराह ताल ओझेलमा परेको छ ।
बागलुङको भकुण्डेस्थित बराह तालले सबैको मन लोभ्याउन सक्छ । तर, यसको उचित संरक्षण तथा प्रचार प्रसार हुन नसक्दा यो ताल ओझेलमा परेको हो । बराह तालको पर्यटन विकासका लागि पछिल्लो समय स्थानीयवासीले सक्रियता देखाएका छन् ।
तीन रोपनी क्षेत्रफलमा फैलिएको यो तालको संरक्षणका लागी वरिपरी रेलिङ निर्माण गरेपछी यसको सौन्दर्यमा थप निखार आएको छ।
वरीपरी र बीचमा रहेको रुखले यस तालको थप आकर्षण बढाएको छ । तर, केही विकटताका कारण यो ताल पर्यटकको पर्खाइमा रहिरहेको छ । बराह तालबाट धौलागिरि हिमाललाई नजिकबाटै नियाल्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया