काठमाडौं । राजधानीको बूढानीलकण्डमा रहेको एक व्यक्तिको करोडौंको मूल्य पर्ने घडेरी कीर्ते गरेको प्रकरणमा मालपोत कार्यालय चाबहिलका चार कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्ने कर्मचारीमा मालपोत अधिकृत खगेन्द्र अर्यालसहित नासु रघुनाथ तिमल्सिना, रञ्जन कुमार खरेल र जमुना कुमारी श्रेष्ठ रहेका छन् ।
ललितपुरको हात्तीवन बस्ने चन्दनकृष्ण कायस्थको बूढानीलकण्डमा रहेको २ रोपनी ८ आना जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा कीर्ते गरी बेचबिखन गरेको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरीका उपरीक्षक सुनील मल्लले अधिकृतसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
यसअघि नै प्रहरीले जग्गा किनबेचमा संलग्न श्रीकृष्ण देवकोटा र धु्रबप्रसाद भट्टराई तथा जग्गाको वारेसनामा लिने प्रदीप गौतमलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया