कपिलवस्तु । कपिलवस्तु वाणगंगा नगरपालिका–९ भलवाडकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् ।
यही भदौ २१ गते विद्यालय जान घरबाट निस्केकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन् ।
बसन्ताकी आमा सुनिता बन्जाडेले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिप्रामा छोरी हराएकी र खोजिदिन अनुरोध गर्दै निवेदन दिएकी छन् ।
इलाका प्रहरी कार्यालय पिप्राका इन्सपेक्टर चन्द्र केसीले अभिभावकको निवेदनको आधारमा खोजी कार्य तीव्र पारिएको जानकारी दिए । उनले भने, ‘उनको फोटो र हलियासहित सबैतिर परिपत्र गरेका छौं । खोजी कार्य तीव्र बनाएका छौं ।’
सो दिन बसन्ता बाग्लुङ बुर्तिवाङ माइती घर बताउने सीता परियारसँग देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । उता सीता परियार पनि सोही दिनदेखि परिवारको सम्पर्कमा नआएको भन्दै सीताका श्रीमान शिव परियारले समेत इलाका प्रहरी कार्यालय पिप्रामा निवेदन दिएका छन् ।
बसन्ताको आमा सुनिता र सीताको श्रीमान शिवले संयुक्तरुपमा निवेदन दिएको इन्सपेक्टर केसीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया