काठमाडौँ–सोमबार संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले सर्वोच्च अदालत पुगेर आजै पदबहाली पनि गरेका छन् ।
उनले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका हुन् ।
शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा पुगेर उनले पदबहाली गरेका हुन् ।
सर्वोच्च अदालत परिसरमा सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार जोशीले उनलाई फूलमाला लगाएर प्रधानन्यायाधीशका रुपमा स्वागत गरेका थिए ।
तस्बिरमा हेर्नुहोस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया