कीर्तिपुरमा दुई बालिका बलात्कृत, २५ वर्षीय खत्री पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा दुई बालिका बलात्कृत भएका छन् । 

कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्रीले दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको हो । 

महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिकुमार खड्काको टोलीले आइतबार खत्रीलाई नियन्त्रणमा लिएको जानकारी दिए । उता बन्धक दुई बालिकाको भने उद्दार गरिएको डिएसपी खत्रीले बताए । 

काठमाडौं प्रहरी परिसरका अनुसार चार दिनअघिदेखि वेपत्ता रहेका १३ र १४ वर्षका ती दुई बालिकालाई स्वास्थ्य परीक्षणका लागि प्रसुस्ती गृह पठाएको जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?