११ कार्तिक २०७८, बिहीवार

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबैकाे शव राजधानीमा

२०७५,भाद्र,२४,आईतवार १५:४८

0
Shares

नुवाकोट-जिल्लाको म्यागङ गाउँपालिका–१ मैलुङपाखामा शनिबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आज काठमाडौँ पठाइएको छ ।

दुर्घटनामा एक विदेशी नागरिकसहित छ जनाको मृत्यु भएको थियो । शनिबार बिहान ८ बजे टावरबाट सम्पर्कविहीन भएको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा उद्धारका लागि गएको टोली नै २ बजे मात्रै पुग्न सकेको थियो । दुर्घटनास्थलमा जीवितै भेटिएकी गोरखा चुमनुब्री गाउँपालिका–२ की आनी डोल्मा डिकीलाई उद्धार गरी काठमाडौँ पठाइएपछि शव खोज्ने र उद्धार गर्ने काम शुरु भएको थियो ।

दुर्घटनास्थल अत्यन्त विकट स्थानमा भएकाले उद्धारमा कठिनाइ भएको थियो । सडकदेखि पैदल तीन घण्टाभन्दा टाढाको जङ्गलको भिरमा दुर्घटना भएकाले रातभरि शव ल्याउन प्रहरी खटिएको नुवाकोटका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले बताउनुभयो ।

प्रतिकूल मौसमका कारण घटनास्थल नजिक हेलिकप्टर लैजान समस्या भएपछि त्रिशूलीसम्म ट्रकमा शव ल्याएर हेलिकप्टरमा काठमाडौँ पठाइएको हो । गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको हेलिकप्टर शनिबार बिहान ८ बजे नुवाकोटको म्यागङ गाउँपालिका–१ मैलुङ पाखाको भिरमा दुघर्टना हुँदा छ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा चालक निश्चल केसीसहित छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जापानी नागरिकसमेत छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख कुँवरका अनुसार मृत्यु हुनेमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हीरा शेर्पा, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनील तामाङ र चालक निश्चल केसी रहेका छन् ।

प्रतिकूल मौसमका कारण उद्धारका लागि राजधानीबाट गएको हेलिकप्टरसमेत बस्न नसकेपछि उद्धारमा ढिलाइ भएको थियो । दुर्घटनास्थलबाट हेलिकप्टर राख्न मिल्ने स्थान तीन घण्टाको पैदल दूरीमा भएकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२४,आईतवार १५:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

मादीका बाढी पीडितलाई राहत प्रदान
 २०७८,कार्तिक,११,बिहीवार ०७:५३
यस्तो रहनेछ आजको मौसम
 २०७८,कार्तिक,११,बिहीवार ०७:४८
मगन्तेलाई निरुत्साहीत पार्दै प्रहरी
 २०७८,कार्तिक,११,बिहीवार ०७:३१
एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य
 २०७८,कार्तिक,११,बिहीवार ०७:१९