भोजपुर । भोजपुरमा अवैध चन्दा संकलन गर्दै हिड्ने एक महिला आइतबार पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा गुल्मी तम्घास–२ की ४० वर्षिय भगवती कुमाल हुन् ।
अपाङ्ग सरोकार केन्द्र बालाजु काठमाडौंको नाममा छाप नभएको रसिदबाट चन्दा उठाउँदै हिडेको गोप्य सूचनाका आधारमा कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
कुमाललाई २२ जनाबाट संकलन गरिएको २१ हजार, नगदी रसिद, अर्धकट्टी अपाङ्गहरुको खिचिएको तस्वीर, घडी, ब्रासलेट, बिलसहितललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई मुद्दा दर्ता गरी जिल्ला अदालत भोजपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया